२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

दोहोरो अकंले घट्यो शेयर बजार, १२ उपसूचक राताम्य हुँदा साढे पाँच अर्बको कारोबार


सञ्चार डबली
  • आइतबार, असार २ २०८१
  • 7.6K
    SHARES

  • images
    दोहोरो अकंले घट्यो शेयर बजार, १२ उपसूचक राताम्य हुँदा साढे पाँच अर्बको कारोबार

    काठमाडौँ, असार २ । साताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अकंले घटेको छ । अहिले धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया अन्यौलमा परेको छ । लामो समयसम्म रित्त बोर्डको अध्यक्ष पाउने आशा बोकेका लगानीकर्ता निराश बनि रहेका छन् । राजनीतिक भागभण्डामा बोर्ड अध्यक्ष चयन हुने देखिएपछि लगानीकर्ताको मनोबल कमजोर बन्दै गएको हो । बैंकको ब्याजदर निरन्तर ओरालो लागि रहेको छ । तर, शेयर बजारमा उत्साह आउन भने सकेको छैन । नियामक निकायले लगानीकर्ताको मनोबल उच्च बनाउने गरी काम गर्नु पर्ने देखिन्छ ।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.०४ अकंले घटेर २०९५.२५ बिन्दुमा बन्द भएको छ । आज ३१७ कम्पनीको १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४७ करोड २२ लाख ५३ हजार रुपैयाँको कारोबार भएको छ ।

    आइतबार १२ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.८५ प्रतिशत, विकास बैंक समूहको १.२० प्रतिशत, फाइनान्स समूहको ०.७४ प्रतिशत, हाइड्रोपावर समूहको ०.२३ प्रतिशत र जीवन बीमा कम्पनीको ०.३६ प्रतिशतले शेयर मूल्य ओरालो लागेको छ । यसदिन होटल तथा पर्यटन समूहको ०.०४ प्रतिशतले शेयर मूल्य बढेको हो ।

    share-4-1.jpg

    साताको पहिलो कारोबारको दिन नेपाल फाइनान्सको ३० करोड ४० लाख रुपैयाँ, एनआरएनज इन्फाइस्ट्रचरको १८ करोड र न्यादी ग्रुपको १५ करोड २५ लाख रुपैयाँको कारोबार भएको छ ।

    यसदिन नेपाल फाइनान्स र मनकामना स्मार्ट लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend