२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

राष्ट्र बैंकद्वारा मुलुकको अर्थतन्त्रको अवस्था सार्वजनिक


सञ्चार डबली
  • मंगलबार, चैत २८ २०७९
  • 9.2K
    SHARES

  • images
    राष्ट्र बैंकद्वारा मुलुकको अर्थतन्त्रको अवस्था सार्वजनिक


    काठमाडौं, चैत २८ गते । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ८ महिना (फागुनसम्म) को मुलुकको अर्थतन्त्रको अवस्था सार्वजनिक गरेको छ । यस अवधिसम्म मुलुकको शोधनान्तर अवस्था १ खर्ब ४८ अर्ब ११ करोड रुपैयाँले बचतमा गएको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ५८ अर्ब ६४ करोड रुपैयाँले घाटामा रहेको थियो । शोधनान्तर अवस्थामा गत असोज महिनायता निरन्तर सुधार भएको हो ।

    मुलुक बाहिरिने भन्दा भित्रिने रकम बढी हुनु नै शोधनान्तर बचत हो । सरकारले आयातमा कडाई गरेकाले पनि शोधनान्तरमा सकारात्मक प्रभाव परेको हो । यता, गत वर्षको यसै अवधिको तुलनामा चालु खाताको घाटामा कमी आएपनि अघिल्लो महिना अर्थात माघको तुलनामा भने बढेको छ । समीक्षा अवधिमा चालु खाता ४४ अर्ब ३१ करोड रुपैयाँले घाटामा रहेको छ । माघ महिनामा भने चालु खाता घाटा २९ अर्ब ६४ करोड रुपैयाँ रहेको थियो । यता, अघिल्लो वर्षको फागुनसम्ममा भने चालु खाता ४ खर्ब ६० अर्ब ७२ करोड रुपैयाँले घाटामा रहेको थियो ।

    यस अवधिमा विदेशी मुद्रा सञ्चिति १५.२ प्रतिशत ले बढेको छ । असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति रहेकामा फागुन मसान्तमा १५.२ प्रतिशतले बढेर १४ खर्ब १ अर्ब २१ करोड रुपैयाँ पुगेको केन्द्रीय बैंकले जनाएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति १२.१ प्रतिशतले बढेर १० अर्ब ६९ करोड डलर कायम भएको छ ।

    चालु आर्थिक वर्षको ८ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति करिब ११ महिना २ दिनको वस्तु आयात र ९ महिना १६ दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ । फागुन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २८.९ , ७८.५ र २४.२ प्रतिशत रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # नेपाल राष्ट्र बैंक
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend