२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

ट्याक्टर र जिप दुर्घटना हुँदा दुईजनाकाे मृत्यु


सञ्चार डबली
  • मंगलबार, चैत २८ २०७९
  • 10.1K
    SHARES

  • images
    ट्याक्टर र जिप दुर्घटना हुँदा दुईजनाकाे मृत्यु

    काठमाडौं, चैत २८ गते । प्युठानको माण्डवी गाउँपालिका ५ रम्दी चिनामा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा ट्याक्टरमा सवार प्युठानकै नौबहिनी गाउँपालिका १ ठुलागाउँका २५ वर्षीय चम्फा बिक रहेका छन् ।

     दुर्घटनामा गम्भीर घाइते भएका चम्फाको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बिजुवारले जनाएको छ । दुर्घटनामा घाइते भएका चालकसहित तीनजनाको उपचार सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये चालकको अवस्था गम्भीर रहेको छ । रा १ त ४१ ५६ नम्बरको ट्याक्टर अनियन्त्रित भएर आज बिहान ८ बजे सडकबाट एक सय मीटर तल खसेको थियो । 

    पर्वतको महाशिला गाउँपालिका ५ काउलेमा गएराति पिकअप जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा महाशिला गाउँपालिका ४ पाखापानी धनुबासका ३७ वर्षीय खेम बहादुर बिक रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका बिकको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आज बिहान ४ बजे मृत्यु भएको हो । सोमबार राति साढे ११ बजे सिमेन्ट झार्ने क्रममा ग २ च ६९० नम्बरको पिक जिप ब्याक भएर अन्दाजी २० मीटर तल खसेको थियो ।

  • सम्बन्धित विषय:

  • # ट्याक्टर र जिप दुर्घटना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend