२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

स्वास्थ्यका लागि काँचो फलफूल तथा तरकारी खानुको फाइदाहरु


सञ्चार डबली
  • मंगलबार, वैशाख ४ २०८१
  • 10.2K
    SHARES

  • images
    स्वास्थ्यका लागि काँचो फलफूल तथा तरकारी खानुको फाइदाहरु


    काठमाडौं । प्राय फलफुललाई काँचो खाएपनि तरकारीलाई भने पकाएर मात्र खाने गरिन्छ । केही तरकारी पकाएर मात्र खान सकिन्छ भने अधिकांश फल काँचो पनि खान सकिन्छ । कुनैपनि खानेकुरा पकाउँदा वा उमाल्दा त्यसमा जति पौष्टिक तत्व हुन्छ, त्यो नष्ट हुन्छ । अझ त्यसलाई तारेर, भुटेर सेवन गर्दा फाइदा भन्दा बढी बेफाइदा गर्छ । यहि कारण पाचन तन्त्र पनि कमजोर हुन्छ ।त्यसैले स्वस्थ्य शरीरका लागि भोजनमा काँचो आहार सामेल गर्नुपर्छ । यस्ता काँचो आहारले खानेकुरालाई राम्ररी पचाउन सहयोग गर्छ । साथै काँचो खानेकुरामा रहेको पोषक तत्वबाट शरीरमा भरपुर पोषण मिल्छ ।त्यस्ैले काँचो फलफूल तथा तरकारी खानुको फाइदाहरुका बारे तल उल्लेख गरिएको छ ।

    धेरैजसो पकाएको, भुटेको, तारेको, मसलेदार खानेकुराले पाचन यन्त्रलाई खराब गर्छ । यदि भोजन पकाउनु भन्दा काँचो खाइयो भने त्यसले पाचन यन्त्रलाई बलियो र स्वस्थ्य बनाउँछ । काँचो आहारमा रहेको रेशा र इन्जाइमले पाचन शक्तिलाई सहि राख्छ ।
    कति सब्जीलाई काँचो खान सकिन्छ । सब्जी मिनरल्सको राम्रो स्रोत हो । पत्तेदार सब्जीमा प्रोटिन अधिक पाइन्छ, जो मांशपेशीको मर्मत र विकासका लागि आवश्यक हुनछ ।

    काँचो आहार शरीरका साथसाथै दाँतका लागि पनि फाइदाजनक हुन्छ । काँचो आहारलाई राम्ररी चपाएर निल्नुपर्छ, यसले शरीरलाई पोषक तत्व त मिल्छ नै दाँतको पनि व्यायाम हुन्छ ।
      
    काँचो आहार खानाको पुरक हुन्छ र यसमा रहेको रेशा पेटमा गएर फैलन्छ । यहि कारण भोक अनुभव हुँदैन । यसले गर्दा ओभरडाइटिङको संभावना हुँदैन । अतः शरीरमा अतिरिक्त बोसो जम्दैन र मोटोपनको समस्या हुँदैन ।

    अधिकांस फल काँचो खाद्य आहार हो र त्यो भिटामिनयुक्त ताजा फल हुन्छ । यसमा क्यालोरी पनि कम हुन्छ । फलबाट पर्याप्त फाइबर मिल्छ र पाचन यन्त्रलाई स्वस्थ्य बनाउँछ ।

    कतिपय खानेकुरा पकाउने क्रममा हामी धेरै मसला हाल्छौ । त्यही कारण उक्त खानेकुराको पोषक तत्व नष्ट हुन्छ । जबकी काँचो आहारमा शरीरलाई आवश्यक पोषक तत्व भरपुर हुन्छ । त्यसैले पकाएर खानुभन्दा, काँचो खानु फाइदाजनक हो ।

    काँचो आहारमा एन्टिअक्सिडेन्ट भरपुर हुन्छ, यहि कारण रक्तचापको समस्या हुँदैन । यसका साथै काँचो आहारमा भिटामिन, खनिज लवण, बोसो, अम्ल आदि उपोयगी पौष्टिक तत्व विद्यमान हुनछ । यसले शरीरलाई स्वस्थ्य बनाउनका साथै बलियो पनि बनाउँछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend