२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

२८ मार्चमा आफ्नो पहिलो विद्युतीय गाडी सार्वजनिक गर्दै शाओमी


सञ्चार डबली
  • बुधबार, चैत १४ २०८०
  • 8.9K
    SHARES

  • images
    २८ मार्चमा आफ्नो पहिलो विद्युतीय गाडी सार्वजनिक गर्दै शाओमी


    काठमाडौं । मोबाइलमा चर्चित रहेको चिनियाँ प्रविधि कम्पनी शाओमीले २८ मार्चमा आफ्नो पहिलो विद्युतीय गाडी सार्वजनिक गर्ने भएको छ ।उक्त कम्पनीले २८ मार्चमा आफ्नो पहिलो विद्युतीय गाडी एसयुसेभेन सार्वजनिक गर्न लागेको हो । उक्त गाडी हाल भने चीनमा मात्रै सार्वजनिक हुने कम्पनीले जनाएको छ ।

    कम्पनीका सीईओ लेई जुनले सामाजिक सञ्जाल एक्समा पहिलो विद्युतीय गाडी सार्वजनिक हुने बारे जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘तीन वर्ष पहिले मैले शाओमी विद्युतीय गाडीको बजारमा प्रवेश गर्ने घोषणा गरेको थिएँ । म उक्त भिजनमा आफ्नो प्रतिष्ठालाई बाजी लगाएर काम गरिरहेको छु र यसमाथि मलाई निकै विश्वास पनि छ ।’

    लेईले पछिल्ला तीन वर्षमा विद्युतीय गाडी निर्माणका क्रममा थुप्रै चुनौतीहरु भोग्नु परेको पनि जानकारी दिएका छन् । सँगै उनले विद्यूतीय गाडीको क्षेत्रमा यो निकै महत्वपूर्ण कदम पनि रहेको बताएका छन् ।२८ मार्चमा सार्वजनिक हुने गाडीलाई शाओमीले प्रत्यक्ष प्रसारणमार्फत विश्वभरका लागि प्रस्तुत गर्ने पनि उनले बताएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend