२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

एभरेष्ट बैंकको 'ग्लोबल मनी विक २०२४' कार्यक्रम सम्पन्न


सञ्चार डबली
  • बुधबार, चैत १४ २०८०
  • 6.1K
    SHARES

  • images
    एभरेष्ट बैंकको 'ग्लोबल मनी विक २०२४' कार्यक्रम सम्पन्न

    काठमाडौँ, १४ चैत । एभरेष्ट बैंकको 'ग्लोबल मनी विक २०२४' कार्यक्रम सम्पन्न भएको छ।

    नेपाल राष्ट्र बैंकको संयोजनमा विगत वर्षहरूमा जस्तै यस वर्ष पनि एभरेष्ट बैंकले चैत ५ गतेदेखि सप्ताव्यापी अभियान अन्तर्गत ग्लोबल मनी विक २०२४ आयोजना गरेको हो। 

    यस कार्यक्रम अन्तर्गत बैंकले सातवटै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्कुल तथा क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा झन्डै तीन हजारभन्दा बढी विधार्थीहरूमा वित्तीय शिक्षाको महत्वबारे बताइएको छ।

    'प्रोटेक्ट योर मनी, सेक्योर योर फिउचर' भन्ने नाराका साथ सम्पन्न उक्त कार्यक्रममा युवाहरूमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, बैंकहरूले दिने सेवा र यसमा अपनाउनुपर्ने सावधानीका विषयमा सचेतना गराइएको हो।

    एभरेष्ट बैंकले हालसम्म देशभर रहेको आफ्नो १२८ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १६४ एटिएमबाट करिब १३ लाखभन्दा बढी ग्राहकलाई आफ्नो सेवा उपलब्ध गराउँदैछ। यसबाहेक बैंकले ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आएको छ। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend