२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

प्रभु बैंकले देशैभर सम्पन्न गर्यो वित्तिय साक्षरता कार्यक्रम 


सञ्चार डबली
  • बुधबार, चैत १४ २०८०
  • 9.8K
    SHARES

  • images
    प्रभु बैंकले देशैभर सम्पन्न गर्यो वित्तिय साक्षरता कार्यक्रम 


    काठमाडौं । प्रभु बैंक लिमिटेडले ‘ग्लोबल मनी विक–२०२४’ अन्तर्गत सातै प्रदेशमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। बैंकले यहि चैत ५ देखि चैत ११ सम्म आफ्ना देशभरका शाखा संजाल मार्फत वित्तिय साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न गरेको हो।

    वित्तिय साक्षरता अन्तर्गत बैंकले साईकल –र्याली, बालबालिका र युवालक्षित चेतनामूलक कार्यक्रमहरु तथा प्रभातफेरी आयोजना गरेको छ। बैंकले ग्लोबल मनी विक सम्बन्धि विश्वब्यापी विषयवस्तुमा केन्द्रित भई विभिन्न समुदाय,महिला र बालबालिका, स्कुल तथा कलेजहरुमा आधुनिक बैंकिङ्ग (आर्थिक कारोवार बैंक तथा वित्तीय संस्थाबाट मात्र गरौं), बचत, ऋण, लगानी, विद्युतीय बैंकिङ्ग सेवा र यसमा अपनाउनुपर्ने सावधानीहरु समावेश गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।

    बैंकले आफ्नो आधिकारीक सामाजिक सञ्जालबाट समेत यस सम्बन्धमा सचेतना अभिबृद्धि गर्दै आएको छ । अज्ञात स्रोतबाट प्राप्त लिंक कतै नखोल्न, संंवेदनशिल विवरण शेयर नगर्न, डिजिटल ठगीबाट सुरक्षित रहन समेत विभिन्न सूचनाहरु सम्प्रेषण गर्दै आएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले सातै प्रदेश अन्र्तगत वित्तीय साक्षरता कार्यक्रम अगाडी बढाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend