२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सरकारद्वारा सहुलियतपूर्ण कर्जाको लागि २२ अर्ब ३९ करोड रुपैयाँ खर्च


सञ्चार डबली
  • मंगलबार, चैत १३ २०८०
  • 10.6K
    SHARES

  • images
    सरकारद्वारा सहुलियतपूर्ण कर्जाको लागि २२ अर्ब ३९ करोड रुपैयाँ खर्च


    काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जाको लागि २२ अर्ब ३९ करोड रुपैयाँ खर्च गरेको छ। साउनदेखि माघ मसान्तसम्म प्रदान गरिएको सहुलियतपूर्ण कर्जाको लागि सरकारले उक्त अनुदान दिएको हो। सरकारले १० वटा क्षेत्रमा सहुलियतपूर्ण कर्जा दिँदै आएको छ। २ खर्ब १४ अर्ब रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह भएकोमा व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा १ खर्ब २९ अर्ब रुपैयाँ प्रवाह भएको छ।

    शिक्षित युवा स्वरोजगार कर्जा ७ करोड रुपैयाँमात्रै स्वीकृत भएको छ भने विदेशबाट फर्किएका युवा परियोजना कर्जा ६७ करोड रुपैयाँ स्वीकृत भएको छ। त्यस्तै, महिला उद्यमशील कर्जा ८१ अर्ब ५१ करोड स्वीकृत भएको छ। दलित समुदाय व्यवसाय विकास कर्जा ६६ करोड मात्रै गएको छ। उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा ४ करोड, भूकम्पपीडितहरुको निजी आवास निर्माण कर्जा २६ करोड गएको छ।

    कपडा उद्योग सञ्चालनका लागि १ अर्ब ३८ करोड रुपैयाँ रहेको छ। प्राविधिक तथा व्यावसायिक तालिम परिषद्बाट मान्यताप्राप्त संस्थाबाट दिइने तालिमको लागि ४ लाख र युवा वर्ग स्वरोजगार कर्जा ७ करोड रुपैयाँ स्वीकृत भएको छ। कुल १ लाख ३२ हजार ऋणी रहेका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend