२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

२० अर्बको ट्रेजरी बिल जारी गर्दै नेपाल राष्ट्र बैंक


सञ्चार डबली
  • सोमबार, चैत १२ २०८०
  • 7.5K
    SHARES

  • images
    २० अर्बको ट्रेजरी बिल जारी गर्दै नेपाल राष्ट्र बैंक


    काठमाडौं । नेपाल राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्षका लागि २० अर्ब ७१ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। बैंकले जारी गर्ने २० अर्ब ७१ करोड ट्रेजरी बिलमध्ये १५ अर्ब ७१ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो भने ५अर्बको नयाँ ट्रेजरी जारी गर्न लागेको केन्द्रीय बैंकले एक सूचना मार्फत जानकारी दिएको छ। 

    मंगलबार चैत १३ गते जारी हुने यस ट्रेजरी बिलका लागि आज सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ। केन्द्रीय बैंकले २८ दिनको लागि ५ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो। यो ट्रेजरी २०८१ वैशाख ११ गते परिपक्व हुनेछ।

    ९१ दिनको लागि १० अर्ब ११ करोड रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी २०८१ असार १२ गते परिपक्व हुनेछ । त्यस्तै, १८२ दिनको लागि ६० करोर्ड रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो। यो ट्रेजरी २०८१ असोज ८ गते परिपक्व हुनेछ। त्यस्तै, १ वर्षको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो।

     यो ट्रेजरी २०८१ चैत ११ गते परिपक्व हुनेछ। ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको ९बढीमा एक वर्ष० स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । 

     व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ । सबै वर्गका बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend