२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

 बिमा सँगै भेडाबाख्रा पालन बाट खुसि खोज्दै मुगुका किसान


सञ्चार डबली
  • शनिबार, चैत १० २०८०
  • 9.4K
    SHARES

  • images
     बिमा सँगै भेडाबाख्रा पालन बाट खुसि खोज्दै मुगुका किसान


    काठमाडौं । मुगुको छायाँनाथ रारा नगरपालिका १३ लह गाउँका सुरेन्द्र रोकाया उमेरले २७ वर्ष पुगे । ४ बर्ष खाडि मुलुक बिदेशमा बिताए । भेडावाख्रा पालन पुख्यौली पेशा भएकाले पढ्ने उमेरमै गोठालो बन्नु पर्दा लेखपढ छुट्यो । बिदेशमा बगाएको पसिनाले उनको जीवनमा खुसि त भेटाए तर सुख मिलेन । तर अहिले फर्केर यीनै भेँडाबाख्रा जीवनको साहरा बनाएका छन् । भेँडाबाख्रासँग पौंठे जोरी गर्दे खुशी भेट्ने बिचारमा रहेको उनले जनाए । 

    कर्णालीका मुगु सहित अन्य हिमाली जिल्लामा आम्दानी थुप्रै सम्भावना श्रोत छन् । यहाँको प्रमुख व्यवसायिक कृषि र अन्य आम्दानीको प्रमूख सम्भावना भएका क्षेत्र हुन् । बहुमुल्य जडिबुटि लगायतका थुप्रै आर्थिक सम्भावना बोकेकोे मुगुमा पछिल्लो समय भेँडाबाख्रा पालन पनि आम्दानीको गतिलो स्रोत बनेको छ ।  

    ३० वर्षकै उमेरदेखि भेँडा पालनमा लागेका श्रीबहादुर बढुवाल अहिले ६२ वर्षको हुनुभयो । उनीसँग ४० वटा भन्दा बढी भेँडाबाख्रा छन् । शरीर बुढो हुँदै, स्वास्थ्य सँग लड्दै गएपनि भेँडासँग लुरीबुरी गर्दै गाउँबेँसी गर्ने रहर ताजै छ । 

    मुगुका झन्डै पाँच हजार किसानको मूख्य आम्दानीको स्रोत नै भेँडा बाख्रापालन हो । उपयुक्त हावापानी र थोरै लगानीमा मनग्य आम्दानी हुने भएपछि भेँडापालनमा लाग्ने किसानको सङ्ख्या बढिरहेको छ । यहाँको रैथाने बालि कोदो, जौ, गहुँलगायतका अन्नबालिबाट आम्दानी हुने संकेत नदेखे पछि भेडावाख्रा पालनमा होमिएर आम्दानिको श्रोत बुन्ने सोरु गाउपालिका वडा नं ११ धैनकोटका धलपुरा मष्टा बाख्रापालन समितिका अध्यक्ष दलजित सार्कीले बताए ।  

    भेडा–बाख्राको ऊनबाट राडिपाखी, काम्लो, फेरे लगाएतका सामग्रीहरु बन्छन् । तर भेँडा पालन सोँचे जस्तो व्यवस्थित र व्यावसायिक बन्न सकेको छैन । स्थानीय सरकारले पनि भेँडापालक किसानलाई महत्व नदिएको किसान मंसिरा सार्कीले बताईन । 

    पछिल्लो समय मुगुका किसानहरु रैथाने बालि उत्पादन गर्न छोडेपछि कतिपय किसानहरु भेडाबाख्रा पालन तिर लागेका छन् । लक्षित बर्ग बिशेष कार्यक्रम अन्तर्गत न्युन बर्गका किसानहरु लाई आर्थिक उपार्जनमा टेवा पुग्ने हेतुले मुगुका किसानहरु लाई छनौट गरेर भेडाबाख्रा बितरण गरिएको पशु अस्पताल तथा पुश सेवा कार्यालय मुगुका प्रमुख भिमचन्द्र बुढाले बताए ।

     उनका अनुसार पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगु को आ.व.२०८०÷०८१ को बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत व्यावसायिक बाख्रा पालन प्रवर्द्धन कार्यक्रम अन्तर्गत प्रजनन् योग्य बाख्रा ४६ वटा र १ वटा प्रजन्न योग्य बोका सोरु गाउपालिका वडा नं ६ जिमामा ४७ वटा बाख्रा , त्यस्तै पुरुमुरु गाउँमा ६५ र धैनकोट गाउमा बिशेष गरेर दलित समुदायका ५२ जना किसानलाई एक सय वटा बाख्रा , लह गाउमा ९८ र बालचौर गाउँमा ७९ वटा बाख्रा बितरण गरिएको प्रमुख बुढाले बताए । साथै बितरण सँगसँगै सगरमाथा लुम्बिनी ईन्स्योरेन्स क।लि। शाखा कार्यालय मुगु बाट बिमा पनि गरिदिएको अवगत गराए ।  
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend