२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

बैंकको सञ्चालक समितिमा बस्नका ७० वर्षमुनिको र स्नातकोत्तर हुनुपर्ने


सञ्चार डबली
  • शनिबार, चैत १० २०८०
  • 8.3K
    SHARES

  • images
    बैंकको सञ्चालक समितिमा बस्नका ७० वर्षमुनिको र स्नातकोत्तर हुनुपर्ने


    काठमाडौं । बैंकको सञ्चालक समितिमा बस्नका लागि २५ वर्षदेखि ७० वर्षको बीचमा हुनुपर्ने र शैक्षिक योग्यता पनि स्नातकोत्तर हुनुपर्ने गरी बैंक तथा वित्तिय संस्था सम्वन्धी ऐन संघीय संसदमा दर्ता भएको छ ।

    राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा विकसित प्रणाली, वित्तिय औजार, वित्तिय सुरक्षा, वित्तिय जोखिमसमेतका आधारमा बैंक तथा वित्तिय संस्थाको प्रभावकारी व्यवस्थापन एवम् नियमन गर्न ऐन संशोधन गर्न पारेको अर्थमन्त्री वर्षामान पुनले स्पष्ट पारेका छन् ।

    यसअघिको ऐनमा बैंकको सञ्चालकमा मनोनीत वा निर्वाचित हुन २५ वर्ष उमेर पूरा भएको हुनुपर्ने प्रावधान रहेकोमा नयाँ प्रस्तावित ऐनमा उमेर हदको रुपमा ७० वर्ष राखिएको हो ।

    बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको अधिकृत स्तरमा कम्तीमा पाँच वर्ष काम गरेको हुनुपर्ने व्यवस्था रहेकोमा अब उप्रान्त कम्तीमा स्नातक उपाधि हासिल गरेको हुनपर्ने प्रस्ताव भएको छ । यस्तै स्नातकोत्तर उपाधि हासिल गरेको व्यक्ति बैंकमा कुनै अनुभव नभए पनि सञचालक हुने पाउने प्रस्ताव गरिएको छ ।

    प्रस्तावित ऐनले बैंक तथा वित्तीय संस्थासँग सम्वद्ध व्यक्तिले आफूसँग सम्वद्ध बैंक तथा वित्तीय संस्थाको कानूनी, राजस्व, लेखा वा व्यवस्थापन परामर्शदाता, धितो मूल्यांकनकर्ता वा लेखापरीक्षकको रुपमा कार्य गर्न नपाउने गरी प्रस्ताव गरिएको छ ।

    बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन ९बाफिया० संशोधन गर्न बनेको विधेयकमा महिला शेयर धनी रहेको बैंक तथा वित्तिय संस्थाको सञ्चालकको नियुक्रि गर्दा कम्तीमा एक जना महिला सञ्चालक हुने गरी नियुक्ति गर्नु पर्ने प्रावधान बनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend