२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

 नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार भने बढ्यो 


सञ्चार डबली
  • बिहीबार , चैत ८ २०८०
  • 8.3K
    SHARES

  • images
     नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार भने बढ्यो 


    काठमाडौं । सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटे पनि कारोबार रकम भने अघिल्लो दिनका तुलनामा बढेको छ । १५.३७ अंकले घट्दै नेप्से परिसूचक २०४८.५७ विन्दुमा रहँदा कारोबार रकम भने ४ अर्ब ३१ करोड ३० लाख रुपैयाँ छ । जबकी बुधबार ३.३४ अंकले घट्दै २०६३.९५ विन्दुमा रहँदा कारोबार रकम ३ अर्ब ४९ करोड ६२ लाख रुपैयाँ थियो ।  

    आज ४९ कम्पनीका सेयरमूल्य बढ्दा लगानीकर्ताले कमाएका छन् । १८७ कम्पनीका सेयर लगानीकर्तालाई नोक्सान भएको छ । ८ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन । १३ उपसमूहमा व्यापारबाहेकका सबै घटेका छन् । माइक्रोफाइनान्स उपसमूह सर्वाधिक १.३२ प्रतिशतले घटेको छ ।आज धौलागिरी लघुवित्तको सेयरमूल्य भने बढेर सर्किट लागेको छ । सर्वोत्तम सिमेन्ट, किसान लघुवित्त र कर्णाली विकास बैंकका सेयरमूल्य पनि बढेका छन् ।    सर्वाधिक कारोबार हुने कम्पनीहरुमा आज माछापुछ्रे विकास बैंक अगाडि छ । उक्त बैंकको संस्थापक सेयर १ अर्ब २१ करोड ३२ लाख ८१ हजार रुपैयाँको किनबेच भएको छ । 

    यस्तै गुर्खाज फाइनान्सको २८ करोड ५३ लाख, शिवम् सिमेन्टको १४ करोड ८८ लाख र सोनापुर मिनरल्सको १२ करोड ७७ लाखको कारोबार भएको छ । घटेका १८७ कम्पनीमा शीर्ष स्थानमा बुद्धभूमि नेपाल हाइड्रोपावर अगाडि छ । बुद्धभूमिको सेयरमा नेगेटिभ सर्किट लागेको छ । गुर्खाज फाइनान्स, बोटलर्स बालाजु, गुराँस लघुवित्त र लक्ष्मी लघुवित्त घटेका छन् ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend