२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

बेनेली बाइक शुन्य प्रतिशत ब्याजमा पाइनुका साथै १ लाखसम्मको छुट


सञ्चार डबली
  • बुधबार, चैत ७ २०८०
  • 8.8K
    SHARES

  • images
    बेनेली बाइक शुन्य प्रतिशत ब्याजमा पाइनुका साथै १ लाखसम्मको छुट

     

    काठमाडौं । केटिएम इन्टरनेशनल ट्रेडिङ्ग प्रा. लि ले नयाँ बर्ष २०८१ का लागि विषेश फाईनान्स योजना ल्याएको छ। यस योजना अन्तर्गत बेनेलीको १८० सिसि बाईक तथा स्कुटरमा २० मिनेटमा नै ० ५ ब्याजदरमा किस्ताबन्दीमा साधन खरिद गर्न सकिनेछ ।

    तेस्रो मुलुकबाट आयात भएता पनि सधै गुणस्तरिय सर्भिस तथा सजिलै बाइकका पार्ट्सपुर्जा पाइदैन भन्ने भ्रमलाई गलत सबित गर्दै केटिएम इन्टरनेशनल ट्रेडिङ्ग प्रा. लिले गुणस्तरीय सेवा प्रदान गर्दै आएको कम्पनीको दाबी छ । केटिएम इन्टरनेशनल ट्रेडिङ्गले नयाँ बर्ष २०८१का लागि विशेष फाईनान्स योजना ल्याएको हो ।

    योजना अन्तर्गत १८० सिसि बाईक तथा स्कुटरमा २० मिनेटमा नै ० ५ ब्यजदरमा किस्ताबन्दी मा साधन खरिद गर्न सकिनेछ । यसका साथै अरु मोडलहरुका बाईकहरुमा विशेष छुटको व्यवस्था पनि मिलाएको छ। कम्पनीले मोडल हेरि १५ हजार रूपैयाँदेखी एक लाख रूपैयाँसम्मको छुट दिने भएको छ।

    कम्पनीका अनुसार ग्राहकले उत्कृष्ट इटालियन डिजाइन, शक्तिशाली इंजन, र सर्वोत्कृष्ट प्रदर्शनलाई सस्तोमा प्राप्त गर्न सक्नेछन् ।

    १९११ देखि प्रचलित विश्व प्रसिद्ध इटालियन ब्रान्डका बेनेली बाइक नेपालका धेरै युवाहरुको रोजाइ बन्न पुगेको छ र बजारको मागलाई ध्यानमा राखी नेपालमा केटिएम इन्टरनेशनल ट्रेडिङ्ग प्रा. लि ले २०१५ देखि आयात तथा बिक्री वितरण गर्दै आएको छ ।

    कम्पनीले उत्कृष्ट डिजाइन, शक्तिशाली इंजन, र प्रभावकारी प्रदर्शनको एक संयोजन प्रदान गरेका १२५ सिसि देखि ७५० सिसि सम्मका बेनेली बाइक तथा स्कुटरहरु नेपालमा बिक्री वितरण गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend