२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आठ महिनामा १२ लाख स्मार्टफोन नेपाल भित्रिए 


सञ्चार डबली
  • बुधबार, चैत ७ २०८०
  • 7.8K
    SHARES

  • images
    आठ महिनामा १२ लाख स्मार्टफोन नेपाल भित्रिए 


    काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनासम्ममा १२ लाख थान स्मार्टफोन आयात भएका छन् । साउनदेखि फागुनसम्ममा १९ अर्ब ३७ करोड ७७ लाख रूपैयाँभन्दा बढीका १२ लाख ४९ हजार ४८१ थान​ स्मार्टफोन आयात भएका हुन ।

    गत आवको पहिलो आठ महिनासम्म १६ अर्ब ६० करोड रूपैयाँ बराबरका १० लाख ९४ हजार ८८९ थान स्मार्टफोन भित्रिएका थिए ।त्यस्तै फागुन महिनामा मात्रै नेपालमा करिब दुई अर्ब रूपैयाँ बराबरका एक लाख २२ हजार ७३४ थान फोन नेपाल आयात भएका छन् ।

    विभागको तथ्याङ्क अनुसार नेपालमा सबैभन्दा बढी चीनबाट मोबाइल आयात भएका छन् । चीनबाट मात्रै फागुन मसान्तसम्म १३ अर्ब २९ करोड रूपैयाँ बराबरका नौ लाख १८ हजार २४ थान​ स्मार्टफोन भित्रिएका छन् ।त्यस्तै दोस्रोमा भारतबाट पाँच अर्ब ७४ करोड ८० लाख रूपैयाँका तीन लाख २७ हजार मोबाइल आयात भएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend