२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

 देशव्यापी वित्तीय साक्षरता अभियान सञ्चालन गर्दै राष्ट्रिय वाणिज्य बैंक 


सञ्चार डबली
  • बुधबार, चैत ७ २०८०
  • 9.9K
    SHARES

  • images
     देशव्यापी वित्तीय साक्षरता अभियान सञ्चालन गर्दै राष्ट्रिय वाणिज्य बैंक 


    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ‘ग्लोबल मनी विक’ को उपलक्ष्यमा देशव्यापी वित्तीय साक्षरता अभियान सञ्चालन गर्ने भएको छ । बैंकले आफ्ना सातै प्रादेशिक र शाखा कार्यालयमार्फत यही चैत ६ गतेदेखि ११ गतेसम्म वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

    यस वर्षको ‘ग्लोबल मनी विक २०२४’ नारा ‘प्रोटेक्ट योर मनी, सेक्युर योर मनी’ भन्ने रहेको छ । ग्लोबल मनी विक वित्तीय साक्षरताको महत्वका बारेमा जागरण ल्याउने उद्देश्यले वार्षिकरुपमा मनाउँदै आएको साप्ताहिक अन्तर्राष्ट्रिय अभियान हो ।

    नेपाल राष्ट्र बैंकले जारी गरेको वित्तीय साक्षरता मार्गदर्शन, २०७८ अनुसार बैंकको देशैभरिका शाखा कार्यालयले विद्यार्थी, युवा, मजदुर, कृषक, साना उद्यमी, महिला विप्रेषण प्रापक ग्राहकलाई लक्षित गरी एक सप्ताहसम्म ज्ञान, सीप तथा बैंकिङ आदत सिकाउन उद्देश्यले वित्तीय सचेतना कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा दुई सय ८७ वटा शाखा कार्यालय, तीन सय पाँच एटिएम र ९८ वटा शाखारहित बैंकिङ, ७१ एक्स्टेन्सन काउन्टर रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend