२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले बोलायो साधारणसभा, यस्ता छन् मुख्य एजेण्डा


सञ्चार डबली
  • मंगलबार, चैत ६ २०८०
  • 8.8K
    SHARES

  • images
    सगरमाथा लुम्बिनी इन्स्योरेन्सले बोलायो साधारणसभा, यस्ता छन् मुख्य एजेण्डा


    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले लाभांश सहित वार्षिक साधारण सभा बस्ने भएको छ । सभा चैत २७ गते अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभाले ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ । 

    साधारण सभामा कम्पनीको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुन्छ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेण्डा पनि रहेको छ । 

    साथै, साभले संस्थापकबाट ४ र सर्वसाधारणबाट २ जना सञ्चालक निर्वाचित गर्नेछ । साधारण सभा  तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले चैत १३ गते बुक क्लोज गर्ने भएको छ । सभामा भाग लिन चैत १२ गतेसम्म सेयरधनी कायम हुनु पर्नेछ 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend