२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

अरुण भ्यालीको हकप्रदमा आवेदन दिने  अन्तिम दिन भोली, अहिलेसम्म कति पर्यो आवेदन ?


सञ्चार डबली
  • मंगलबार, चैत ६ २०८०
  • 9.8K
    SHARES

  • images
    अरुण भ्यालीको हकप्रदमा आवेदन दिने  अन्तिम दिन भोली, अहिलेसम्म कति पर्यो आवेदन ?

     

    काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड को हकप्रद शेयरका लागि आवेदन दिने भोली अर्थात चैत ७ गते अन्तिम दिन रहेको छ। कम्पनीले फागुन १७ गतेदेखि १ बराबर १ अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो।

    सिडिएस एण्ड क्लियरिङ्गको विवरण अनुसार चैत ५ गते, सोमबार साँझ ५ बजेसम्ममा कम्पनीको हकप्रद शेयरमा २७ हजार ४२१ जनाले कुल ९८ लाख ५३ हजार २९५ कित्ता शेयरका लागि आवेदन दिएका छन्। यो कुल निष्काशनको ५२.७५ प्रतिशत हो। कम्पनीको हकप्रद शेयरमा अझै ४७.२५ प्रतिशत आवेदन पर्न बाँकी छ।

    हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले माघ १५ गते बुकक्लोज गरेको थियो। यस अनुसार माघ १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

    हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कम्पनीको केन्द्रिय कार्यालय, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ।

    हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७३ करोड ५९ लाख २५ हजार २०० रुपैयाँ पुग्नेछ।

    कम्पनीले हकप्रद शेयर निष्काशन गरी प्राप्त पूँजीको प्रयोग काबेली बी १ क्यासकेट जलविद्युत आयोजनाको लागि बैंक तथा वित्तीय संस्थाबाट लिएको दीर्घकालिन ऋणको आंशिक भुक्तानी गर्न र पिके हाइड्रोपावर लिमिटेडले निर्माण गर्ने लिखु खोला जलविद्युत आयोजनामा स्वपूँजी लगानी गर्नका लागि गर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend