२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

अब मेनपावर कम्पनीहरुले पनि कोरिया कामदार पठाउन पाउने


सञ्चार डबली
  • मंगलबार, चैत ६ २०८०
  • 8.9K
    SHARES

  • images
    अब मेनपावर कम्पनीहरुले पनि कोरिया कामदार पठाउन पाउने


    काठमाडौं । अब मेनपावर कम्पनीहरुले पनि कोरिया कामदार पठाउन पाउने भएको छ । यसअघि सरकारले मात्रै नेपाली कामदार कोरिया पठाउँदै आएकामा अब भने मेनपावरहरुले पनि दक्ष कामदार पठाउन मिल्नेगरी कार्यविधि तयार गरिएको हो । श्रम रोजगार तथा सामाजिक मन्त्रालयले १७ फागुनमा कोरियामा सिपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि २०८० जारी गरेसँगै कोरियामा म्यानपावरमार्फत पनि श्रमिक पठाउने बाटो खुला भएको हो ।

    दक्षिण कोरियाले सुरूमा कृषि तथा पशुपालन, उत्पादनमूलक र सीप बिल्डिङ्ग क्षेत्रमा नेपाली कामदार लैजाँदै आएकोमा सन् २०२४ देखि वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डस्ट्री क्षेत्र थपिएको छ । हाल ईपीएसबाट गइरहेका नेपालीहरूको ई–९ भिसा हो भने अब मेनपावर कम्पनीहरुले पठाउने ई–७ भिसा दक्ष कामदारका लागि हो ।

    यो भिसा प्रणालीबाट कोरिया काममा पठाउने मेनपावरसँग भाषा र सीपको लागि प्रचलित मापदण्डबमोजिमको आफ्नै स्वामित्वको तालिम केन्द्र हुनुपर्ने छ । भाषा सिकाउन आधिकारिक प्रमाणपत्र प्राप्त कम्तीमा २ जना भाषा प्रशिक्षक अनिवार्य गरिएको छ ।

    ई–७ भिसामा कोरिया जान इच्छुक नेपालीले कोरिया सरकारको सम्बन्धित निकायबाट मान्यता प्राप्त संस्था वा इजाजतपत्र प्राप्त संस्थाबाट सञ्चालन भएको कोरियाली भाषा ज्ञान र पेशागत सीप परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । सो भिसामा कोरिया जाने कामदारको मागपत्र प्रमाणीकरण र व्यवस्थापन कोरियाली सरकार र नेपाल सरकारले गर्नेछ । भाषा परीक्षा र सीप परीक्षणसमेत निःशुल्करूपमा नेपालमा नै सञ्चालन गरिनेछ ।

    ई–७ भिसामार्फत् कोरिया जाने कामदारको हवाई भाडा, बीमा, स्वास्थ्य परीक्षण, कल्याणकारी कोषमा योगदान, समाजिक सुरक्षा कोषमा योगदान र श्रम स्वीकृतिमा लाग्ने खर्च रोजगारदाताले व्यहोर्ने छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend