२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

संसदमा कांग्रेसको प्रश्न–गृहमन्त्री मुछिएको सहकारी ठगी प्रकरणमा प्रहरीले छानबिन गर्न सक्छ ?


सञ्चार डबली
  • सोमबार, चैत ५ २०८०
  • 9.3K
    SHARES

  • images
    संसदमा कांग्रेसको प्रश्न–गृहमन्त्री मुछिएको सहकारी ठगी प्रकरणमा प्रहरीले छानबिन गर्न सक्छ ?


    काठमाडौं ।  नेपाली कांग्रेसले गृहमन्त्री रवि लाछिमाने मुछिएको सहकारी ठगी प्रकरणमा प्रहरीले छानबिन गर्न सक्छ भन्दै प्रश्न गरेको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस महामन्त्री तथा सांसद गगनकुमार थापाले सुन तस्करी प्रकरणमा प्रहरीले ठूला मान्छे जोगाउने गरी अनुसन्धान भएको तथ्य आयोगको प्रतिवेदनबाट खुलेको प्रसङ्ग उल्लेख गर्दै गृहमन्त्री लामिछाने मुछिएको सहकारी ठगी प्रकरणमा प्रहरीले कसरी छानबिन गर्न सक्छ भन्दै प्रश्न गरेका हुन् । 

     सहकारी ठगी प्रकरणदेखि सुन काण्ड, भुटानी शरणार्थी काण्डसहित सबै काण्डका दोषीलाई कारबाही गर्नुपर्ने उनको भनाइ छ । आफू सत्तापक्षमा रहँदा पनि दोषीलाई कारबाही गर्नुपर्ने बोलेर प्रतिपक्षीलाई सहयोग गरेको भन्दै उनले गृहमन्त्री लामिछाने दोषी र निर्दोष अनुसन्धानले गर्ने भएकाले छानबिन गर्ने वातावरण बनाउन लाग्नुपर्ने बताए । 

    उनले गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी संस्थामा भएको अनियमितताको निष्पक्ष छानबिन गर्न माग गरे । ‘जीबी राई लगायतको ग्रुप जुन छ, जसमा दीपेश पुन अहिले पक्राउ परेर बुटवल लिएर गइएको छ । यो समूहले अर्बौं रुपैयाँ अपचलन गरेको छ र त्यसमध्येको सबैभन्दा धेरै ठूलो पैसा गोर्खा मिडिया, यही ग्यालेक्सी टेलिभिजनमा गएको छ । मैले थाहा पाएसम्म अरु थुप्रै शक्तिशाली नेताहरुको पनि नाम आउँछ यदि राम्रोसँग अनुसन्धान गरियो भने । तर, अनुसन्धान नियमित ढंगले अहिलेको प्रहरी प्रशासनले गर्न सक्छ भन्ने विश्वास हामीले कसरी पत्याउने ?,’ उनले बैठकमा भने । 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend