२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

२३ खर्ब ८८ अर्ब २६ करोड रुपैयाँ पुग्यो नेपालको सार्वजनिक ऋण


सञ्चार डबली
  • सोमबार, चैत ५ २०८०
  • 6.9K
    SHARES

  • images
    २३ खर्ब ८८ अर्ब २६ करोड रुपैयाँ पुग्यो नेपालको सार्वजनिक ऋण


    काठमाडौं । नेपालको सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आइतबार चालु आर्थिक वर्ष २०८०–८१ को फागुनसम्मको तथ्यांक सार्वजनिक गरेको छ । तथ्यांकअनुसार नेपालले भुक्तानी गर्न बाँकी उक्त ऋणमा ११ खर्ब ८५ अर्ब ५२ करोड रुपैयाँ आन्तरिक र १२ खर्ब २ अर्ब ७३ करोड रुपैयाँ बाह्य ऋण रहेको छ ।

    नेपालले चालु आर्थिक वर्ष २०८०–८१ को पछिल्लो ८ महिनामा २ खर्ब १८ अर्ब ८६ करोड रुपैयाँ थप ऋण लिएको छ । सरकारले लिएको ऋणमा आन्तरिकतर्फ १ खर्ब ४६ अर्ब ६४ करोड र बाह्य ऋण २८ अर्ब ८६ करोड रुपैयाँ चालु आवको फागुनसम्ममा भुक्तानी गरेको छ ।

    सरकारले पछिल्लो आठ महिनामा १ खर्ब ६३ अर्ब ३१ करोड रुपैयाँ आन्तरिक ऋण र ५५ अर्ब ५५ करोड रुपैयाँ बाह्य ऋण थप गरेको छ । सरकारलाई आन्तरिक ऋणको हालसम्मको दायित्व ११ अर्ब ८५ अर्ब ५२ करोड रुपैयाँ छ भने बाह्य ऋणको दायित्व १२ खर्ब २ खर्ब ७३ करोड रहेको पनि तथ्यांकले देखाएको छ ।

    यस्तो ऋण लिएवापत सरकारले १ खर्ब २६ अर्ब ३ करोड रुपैयाँ सावा मात्रै भुक्तानी गरेको छ भने ब्याज भुक्तानी ४९ अर्ब ४७ करोड रुपैयाँ रहेको पनि तथ्यांकले देखाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend