२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

 माघसम्म विकास बैंकहरुले कमाए करिब पौने ३ अर्ब रुपैयाँ 


सञ्चार डबली
  • आइतबार, चैत ४ २०८०
  • 9.5K
    SHARES

  • images
     माघसम्म विकास बैंकहरुले कमाए करिब पौने ३ अर्ब रुपैयाँ 


    काठमाडौं । माघसम्म राष्ट्रियस्तरका विकास बैंकहरुले करिब पौने ३ अर्ब रुपैयाँ कमाउन सफल भएका छन्।राष्ट्रियस्तरका ८ वटा विकास बैंकले यो ७ महिनाको अवधिमा २ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएका हुन्।

    यी विकास बैंकमध्ये सर्वाधिक नाफा आर्जन गर्नेमा गरिमा रहेको छ। यो बैंकले मात्रै ५५ करोड ८० लाख रुपैयाँ नाफा कमाएको छ। दोस्रोमा मुक्तिनाथ रहेको छ। मुक्तिनाथले यो ७ महिनामा ५३ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

    शाइन रेसुंगा ४३ करोड ७१ लाख रुपैयाँ नाफाका साथ तेस्रो स्थानमा रहेको छ भने महालक्ष्मी विकास बैंक ३३ करोड ४० लाख रुपैयाँ नाफाका चौथौ स्थानमा रहेको छ।

    यसैगरी माघसम्म कामना सेवाले ३१ करोड २३ लाख रुपैयाँ, लुम्बिनीले २१ करोड १३ लाख रुपैयाँ, ज्योतिले १७ करोड ७६ लाख रुपैयाँ र सांग्रिलाले १५ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend