२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

 दोहोरो अंकले घट्यो नेप्से परिसूचक


सञ्चार डबली
  • आइतबार, चैत ४ २०८०
  • 8.6K
    SHARES

  • images
     दोहोरो अंकले घट्यो नेप्से परिसूचक


    काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले घटेको छ  ।आज शेयर बजार नेप्से परिसूचक १० दशमलव ६२ अंकले घटेर २,०७० को विन्दुमा कायम भएको छ । आज ८४ कम्पनीको शेयर मूल्य बढेको छ भने १५० कम्पनीको शेयर मूल्य घटेको छ ।

    आज दिनभरिमा ३०४ कम्पनीको ८४ लाख ६ हजार ७६ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३८ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४१करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको २३ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको १३ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशलमव ५६ प्रतिशतका दरले कमाएका छन् । मानुषि लघुवित्तका लगानीकर्ताले ८ दशमलव ७५ प्रतिशतका दरले कमाएका छन् । स्वाभिमान लघुवित्तका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।

    आज सबैभन्दा धेरै विन नेपाल लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ दशलमव ८३ प्रतिशतका दरले गुमाएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend