२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर बेच्दै एनआईसी एसिया बैंक


सञ्चार डबली
  • आइतबार, चैत ४ २०८०
  • 9.6K
    SHARES

  • images
    नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर बेच्दै एनआईसी एसिया बैंक


    काठमाडौं ।  नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर लिलामी एनआईसी एसिया बैंकले बिक्रीमा ल्याएको छ । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले मात्रै यस कम्पनीको संस्थापक सेयर खरिदका लागि आवेदन दिन सक्ने बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलले जनाएको छ ।

    क्यापिटलका अनुसार आवेदकले न्यूनतम १० हजार र सो अंकले भाग जाने संख्याका लागि आवेदन दिन सक्नेछन् । आइतबारदेखि चैत १३ गतेसम्मका लागि आवेदन खुला हुनेछ । आवेदक संस्थाले प्रतिकित्ता न्यूनतम मूल्य ७५३ रुपैयाँ तोकेर बोलकबोल आवेदन प्रक्रियामा सहभागी हुन सक्छन् ।

    त्यस्तै बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्तको ७५ हजार ३०५ कित्ता संस्थापक सेयर पनि बिक्री गर्ने भएको छ । न्यूनतम मूल्य प्रतिकित्ता २४५ रुपैयाँ कायम गर्दै आइतबारदेखि लिलामी बोलकबोल आवेदन खुलाइएको छ । इच्छुक विद्यमान संस्थापक तथा अरु व्यक्ति वा संघसंस्थाले चैत १३ गतेसम्म आवेदन दिन सक्ने एनआईसी एसिया क्यापिटलले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend