२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

नेपाल लाइफद्वारा २०८१ सालको क्यालेन्डर सार्वजनिक


सञ्चार डबली
  • शुक्रबार, चैत २ २०८०
  • 6.9K
    SHARES

  • images
    नेपाल लाइफद्वारा २०८१ सालको क्यालेन्डर सार्वजनिक

    काठमाडौँ चैत २ । जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले वि.सं.२०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ। कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच क्यालेन्डर सार्वजनिक गरिएको हो।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले क्यालेन्डर अनावरण गरेका थिए। उक्त कार्यक्रममा कम्पनीका उच्च व्यवस्थापन लगायत कम्पनीका कर्मचारीहरुकोे उपस्थिति थियो। बिदाको सूची पर्व, दिवस, पञ्चांग, तारिख समावेश गरी क्यालेन्डर सार्वजनिक गरिएको हो।

    सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले सम्पूर्ण ग्राहक महानुभावहरु, कम्पनीको मेरुदण्डका रूपमा रहेका बिमा अभिकर्ता, मार्गनिर्देशन प्रदान गर्ने सञ्चालक पदाधिकारीहरु, आरोह अवरोहमा सदैव साथ दिने कर्मचारीहरु, माया, स्नेह प्रदान गर्ने सेयरधनीलाई नयाँ वर्ष २०८१ को शुभकामना समेत व्यक्त गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend