२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

५ अर्ब बराबरको अग्राधिकार शेयर निष्काशन गर्दै नबिल बैंक


सञ्चार डबली
  • शुक्रबार, चैत २ २०८०
  • 7.6K
    SHARES

  • images
    ५ अर्ब बराबरको अग्राधिकार शेयर निष्काशन गर्दै नबिल बैंक


    काठमाडौं । नबिल बैंकले ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर निष्काशन गर्ने भएको छ । बैंकको बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले ८ वर्षे अवधिका लागि पर्पेचुअल प्रकृत्तिको अग्राधिकार शेयर जारी गर्ने निर्णय गरेको हो ।नियामक निकायले स्वीकृत दिएपछि मात्रै उक्त शेयर जारी गर्ने बैंकले जनाएको छ ।

    बैंकका अनुसार प्रतिइकाइ १०० रुपैयाँ दरका ५ करोड इकाइ अर्थात् ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर निष्काशन गर्न लागिएको हो । उक्त इकाइ खरिद गर्नेहरुले मुनाफा भएको वर्ष ८ प्रतिशतका दरले लाभांश पाउने छन् ।यसका साथै, बैंकले ‘८ प्रतिशत नबिल डिबेञ्चर २०७९’ पनि जारी गर्ने भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend