२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

टिकटक र फेसबुकलाइ पछि पार्दै विश्वको नम्बर १ एप् बन्यो इन्स्ट्राग्राम


सञ्चार डबली
  • शुक्रबार, चैत २ २०८०
  • 9.2K
    SHARES

  • images
    टिकटक र फेसबुकलाइ पछि पार्दै विश्वको नम्बर १ एप् बन्यो इन्स्ट्राग्राम


    काठमाडौं ।  विश्वको नम्बर १ एपको सन्दर्भमा, मानिसहरू प्रायः फेसबुक वा टिकटक पहिलो स्थानमा होला भन्ने सोच्छन्, तर त्यस्तो होइन। अब इन्स्टाग्रामले यी दुवै एपलाई उछिनेर पहिलो नम्बरमा पुगेको छ । खासमा, केही देशहरूमा टिकटक प्रतिबन्धित हुँदा इन्स्टाग्रामलाई फाइदा भएको हो। यस बाहेक टिकटक पछि पर्नुमा अन्य केही कारणहरू छन्।

    सेन्सर टावरको रिपोर्ट अनुसार विश्वमा इन्स्टाग्रामको डाउनलोड २० प्रतिशतले बढेको छ । सन् २०२३ मा इन्स्टाग्राम एप ७६ करोड ७० लाख पटक डाउनलोड भएको थियो, जुन अघिल्लो वर्ष अर्थात २०२२ को तुलनामा २० प्रतिशत बढी हो। टिकटकको बारेमा कुरा गर्दा यो ७३।३ करोड पटक डाउनलोड गरिएको थियो। यो चिनियाँ एप भारतमा प्रतिबन्धित छ भने अमेरिकामा प्रतिबन्ध लगाउने तयारी भइरहेको छ ।

     इन्स्टाग्रामको लोकप्रियता २०२० बाट बढेको छ किनकि रिल्स यसै वर्ष लन्च गरिएको थियो। मानिसहरूको भिडियोको क्रेज पछि मात्र इन्स्टाग्राम रिल्स लन्च गरिएको हो । इन्स्टाग्राम रिल्स एक सुविधा हो, जसमा प्रयोगकर्ताहरूले छोटो क्लिपहरू सिर्जना गरेर यस प्लेटफर्ममा भिडियोहरू साझेदारी गर्न सक्छन्।

     इन्स्टाग्रामको रिल्स फिचर युवा पुस्तामा सबैभन्दा लोकप्रिय छ। युवायुवतीले विभिन्न विषयमा भिडियो बनाएर इन्स्टाग्राममा सेयर गर्ने गरेका छन् । यो इन्स्टाग्राम एपको बढ्दो लोकप्रियताको प्रमुख कारण भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

     डाउनलोडको मामिलामा इन्स्टाग्राम विश्वको नम्बर १ एप बन्न सक्छ तर समय बिताउने हिसाबले टिकटक अझै अगाडि छ। गत वर्षको तथ्याङ्कले देखाउँछ कि प्रयोगकर्ताहरूले टिकटकमा औसत ९५ मिनेट खर्च गरेका थिए जबकि इन्स्टाग्राममा यो समय ६२ मिनेट थियो। यस बाहेक प्रयोगकर्ताहरूले ट्विटरमा ३० मिनेट र स्न्यापच्याटमा १९ मिनेट बिताएको तथ्यांकले देखाएको छ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend