२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

 पोखरामा हालै उद्घाटन भएका विगमार्टमा माछापुच्छ्रे बैंकले विशेष छुट दिने


सञ्चार डबली
  • बिहीबार , चैत १ २०८०
  • 8.3K
    SHARES

  • images
     पोखरामा हालै उद्घाटन भएका विगमार्टमा माछापुच्छ्रे बैंकले विशेष छुट दिने


    काठमाडौं । माछापुच्छ्रे बैंकले पोखरामा हालै उद्घाटन भएका विगमार्ट सुपरमार्केटहरूमा १० प्रतिशत छुट दिने भएको छ।बैंकका ग्राहकले डेबिट अथवा क्रेडिट कार्डको माध्यमबाट गरेका कारोबारमा उक्त छुट बैंकले प्रदान गर्न लागेको हो।

    बैंकले ग्राहकले डेबिट कार्डमार्फत् कारोबार गरेको खण्डमा प्रति व्यक्ति १० प्रतिशत वा बढीमा २०० रूपैयाँसम्म क्यासब्याक तथा क्रेडिट कार्डमार्फत् कारोबार गरेको खण्डमा अधिकतम २०० रूपैयाँसम्म छुट पाउने व्यवस्था गरेको हो।

    यो क्यासब्याक बिगमार्टका रामबजार, पर्स्याङ, बगर, शितलादेवी र फूलबारी शाखामा उपलब्ध छ।बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यवसायिक सम्झौता गरी ग्राहकहरूलाई आकर्षक छुट प्रदान गर्दै आइरहेको छ।

    यस प्रकारको सम्झौताले गर्दा ग्राहकहरूलाई सुविधालगायत व्यापार व्यवसाय तथा पर्यटन प्रवर्द्धनमा सघाउ पुग्दै आइरहेको बैंकको भनाइ छ।साथै बैंकले अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्‍याउने उद्देश्यका साथ ग्रीन बैंकिङलाई प्राथमिकतामा राखेर नवीनतम डिजिटल उत्पादन तथा सेवाहरू सञ्चालन गरिरहेको छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend