२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

 युएई र मङ्गोलियाका राजदूतसँग अध्यक्ष ढकालको भेट, नेपालमा लगानी प्रवर्द्धन गर्न आग्रह


सञ्चार डबली
  • बिहीबार , चैत १ २०८०
  • 7.7K
    SHARES

  • images
     युएई र मङ्गोलियाका राजदूतसँग अध्यक्ष ढकालको भेट, नेपालमा लगानी प्रवर्द्धन गर्न आग्रह


    काठमाडौं । संयुक्त अरब इमिरेट्स र मंगोलियाका राजदूतसँगको भेटमा नेपालमा लगानी प्रवर्द्धन गर्न  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आग्रह गरेका छन् ।

    ढकालले बुधवार युएईका राजदूत महामहिम अब्दुल्ला अल शम्सी र नेपालका लागि मान्यता प्राप्त भारतका लागि मङ्गोलियाका राजदूत महामहिम गानबोल्ड डम्बाजाभसँग भेटवार्ता गरेका थिए ।

    नेपाल र यी दुई राष्ट्रबीचको द्विपक्षीय व्यापार र लगानी सम्बन्धलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो । यही वैशाख २८ र २९ गते काठमाडौँ मा आयोजना हुने नेपाल लगानी सम्मेलनमा सहभागी हुन सम्बन्धित देशलाई अध्यक्ष ढकालले आग्रह गरे ।

    युएईका राजदूतसँगको भेटमा अध्यक्ष ढकालले दुवै देशका दूतावासको सहयोगमा नोभेम्बरमा दुबईमा आयोजना भएको नेपाल दुबई बिजनेस समिटको सफलताको लागि महामहिमलाई धन्यवाद दिए ।उनले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको पनि राजदूतलाई जानकारी गराएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend