२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

 आज काठमाडौंमा सहकारी पीडितले प्रदर्शन गर्दै 


सञ्चार डबली
  • बिहीबार , चैत १ २०८०
  • 7.6K
    SHARES

  • images
     आज काठमाडौंमा सहकारी पीडितले प्रदर्शन गर्दै 


    काठमाडौं । आज देशका विभिन्न स्थानबाट काठमाडौं आएका सहकारी पीडितहरुले  जनदबाब सिर्जना गर्न प्रर्दशन गर्न लागेका छन् ।चैत मसान्तभित्र सबै सहकारी पीडितहरुको सावाँब्याज फिर्ता गराउने सहकारी मन्त्रालयले गरेको बाचा पूरा नगरेको र आफ्ना मागहरुको सम्बोधन नभएको भन्दै पीडितहरुले काठमाडौंका विभिन्न स्थानमा भेला भएर भृकुटीमण्डपमा कोण सभा गर्न लागेका हुन् । 

    पीडितहरुले आजको प्रदर्शनका लागि कालिमाटी, गोंगबु नयाँबसपार्क एरिया नजिकको बिजी मल, सिफल चौर शंखपार्क, र जावलाखेलबाट ११ बजे ¥याली निकालेर पाँचै टोली सुन्धारामा भेला हुने तय छ । त्यहाँबाट भृकुटीमण्डप पुगी पीडितहरुले कोणसभा गर्ने कार्यक्रम छ ।

    सहकारी पीडितहरुको प्रदर्शनको नेतृत्व सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान(महासंघ)ले गरेको छ । काठमाडौं उपत्यकासहित देशभरि विभिन्न सहकारीमा सञ्चालकबाट ठगिएका बचतकर्ता व्यवसायी र सर्वसाधारणहरूले महिनौँदेखि चरणबद्ध आन्दोलन गर्दै आएका छन् । तर, सरकारले पीडितको समस्या समाधान नै हुने गरी कुनै पहल लिएको छैन । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend