२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

 विदेशी मुद्राको विनिमयदर, बढ्यो अमेरिकी डलरसँगै युरो र पाउण्ड


सञ्चार डबली
  • बिहीबार , चैत १ २०८०
  • 7.6K
    SHARES

  • images
     विदेशी मुद्राको विनिमयदर, बढ्यो अमेरिकी डलरसँगै युरो र पाउण्ड


    काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। आज अमेरिकी डलरको भाउ १५ पैसाले बढेको छ। 

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बिहिबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ २९ पैसा र बिक्रीदर १३२ रूपैयाँ ८९ पैसा कायम गरिएको छ। बुधबार यसको खरिददर १३२ रूपैयाँ १४ पैसा र बिक्रीदर १३२ रूपैयाँ ७४ पैसामा कारोबार भएको थियो।

    बिहिबार एक युरोको खरिददर १४४ रूपैयाँ ७१ पैसा र बिक्रीदर १४५ रूपैयाँ ३७ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा २१ पैसाले बढेको हो। बुधबार युरोको खरिददर १४४ रूपैयाँ ५० पैसा र बिक्रीदर १४५ रूपैयाँ १५  पैसामा कारोबार भएको थियो। 

    त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ २५ पैसाले बढेर एकको खरिददर १६९ रूपैयाँ ३० पैसा र बिक्रीदर १७० रूपैयाँ ०७ पैसा कायम गरिएको छ। बुधबार बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६९ रूपैयाँ ०५ पैसा र बिक्रीदर १६९ रूपैयाँ ८१ पैसा तोकिएको थियो।

    यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ४८ र बिक्रीदर ८७ रूपैयाँ ८७ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९८ रूपैयाँ ०६ पैसा र बिक्रीमा ९८ रूपैयाँ ५१ पैसा कायम गरिएको छ।

    उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ९४ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ९८ पैसा रहेको छ। चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ३९ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४८ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर १० रूपैयाँ ०६ पैसा तथा बिक्री दर १० रुपैयाँ १० पैसा कायम गरेको जनाइएको छ। 

    यसैगरी, बिहिबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ २८ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४४ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ २७ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ४३ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ०२ पैसा र बिक्रीदर ३६ रूपैयाँ १८ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहिबार २८ रूपैयाँ २२ पैसा र बिक्रीदर २८ रूपैयाँ ३५ पैसा कायम गरेको छ। 

    साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ६३ पैसा र बिक्रीदर ४३२ रूपैयाँ ५८ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ २७ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ८७ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend