२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

चैत महिनाका लागि अधिकांश बैंकले निक्षेपको ब्याजदर थप घटाउने


सञ्चार डबली
  • बुधबार, फागुन ३० २०८०
  • 7.6K
    SHARES

  • images
    चैत महिनाका लागि अधिकांश बैंकले निक्षेपको ब्याजदर थप घटाउने

    आगामी चैत महिनाका लागि अधिकांश बैंकले निक्षेपको ब्याजदर थप घटाउने भएका छन् । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको अर्धवार्षिक मौद्रिक नीति समीक्षामार्फत लिएको नीतिका कारण बैंकको ब्याजदर थप घट्ने भएको हो ।

    नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको अर्थवार्षिक मौद्रिक नीति समीक्षामार्फत संस्थागत निक्षेपकर्ताको निक्षेपको ब्याजदरभन्दा व्यक्तिगत निक्षेपकर्ताको निक्षेपको ब्याजदर एक प्रतिशतले मात्र कम हुनुपर्ने व्यवस्था चैत एक गतेबाट लागू हुनेछ । जसका कारण व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर थप एक प्रतिशतसम्म घट्ने भएको हो ।

    हाल संस्थागत निक्षेपकर्ता र व्यक्तिगत मुद्दती निक्षेपकर्ताबीच ब्याजदर अन्तर २ प्रतिशत छ । हाल बैंक तथा वित्तीय संथामा पर्याप्त मात्रामा तरलता रहेकाले छ । यसैगरी, वित्त क्षेत्रमा अहिले पनि कर्जाको माग बढ्न सकेको छैन । वाणिज्य बैंकले फागुन महिनामा निक्षेपमा अधिकतम ब्याजदर ८ दशमलव ५ प्रतिशत तोकेका थिए ।

    चैतमा निक्षेपको ब्याजदर यो बिन्दुबाट अझ तल झर्ने सम्भावना रहेको बैंकर संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले बताए । उनले अहिले बैंकको पुँजी लागत लगभग ७ प्रतिशतको हाराहारीमा रहेको र बैंकले थप निक्षेपको ब्याजदर थप बढाउन नसक्ने अवस्था रहेको बताए ।

    बैंकर्स संघका अनुसार राष्ट्र बैंकले ब्याजदर घट्ने क्रमलाई स्थिर बनाउन संस्थागत र व्यक्तिगत ब्याजदर अन्तर १ प्रतिशत कायम गर्नुपर्ने नीति लिएको थियो । तर, अहिलेको परिस्थितिले ब्याजदर अझ घटाउनुपर्ने अवस्था सिर्जना गरेको राष्ट्र बैंक स्रोतले बताएको छ । ‘बैंकको कर्जा लगानी बढेको खण्डमा बैंकले संस्थागत लगानीकर्ताको ब्याजदर १ प्रतिशत बढाएर व्यक्तिगत निक्षेपकर्ताको ब्याजदर यथावत् राख्न सक्नेगरी राष्ट्र बैंकले नीति लिएको थियो ।’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘तर, अहिलेको अवस्थामा बैंकहरू थप निक्षेपको ब्याजदर बढाएर दिन नसक्ने अवस्थामा छौं भनिरहेका छन् ।’

    ‘हाल बैंकमा कर्जा लगानीभन्दा निक्षेप संकलन धेरै छ, जसका कारण बैंकहरूले अहिलेको परिस्थितिमा निक्षेप ब्याजदर बढाएर दिन सक्दैनन् ।’ बैंकर्स संघका अध्यक्ष केसीले भने, ‘यसकारण अधिकांश बैंकको निक्षेपको ब्याजदर घट्ने नै अवस्थामा छ, केही बैंकले आफ्नो अवस्थाअनुसार संस्थागत लगानीकर्ताको ब्याजदर बढाउन पनि सक्छन् ।’ राष्ट्र बैंकको तथ्यांकअनुसार गत २३ फागुनसम्म बैंकको कुल कर्जा लगानी ५० खर्ब ८९ अर्ब रुपैयाँ रहेको थियो भने कुल निक्षेप संकलन ६१ खर्ब ७१ अर्ब रुपैयाँ रहेको थियो । यस अवधिमा वाणिज्य बैंकले मात्र ५४ खर्ब ५८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए ।

    यसैगरी, वाणिज्य बैंकले मात्र यस अवधिमा ४५ खर्ब २ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । गत २३ फागुनसम्म बैंकिङ क्षेत्रको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८० दशमलव शून्य ५ प्रतिशत रहेको थियो भने इन्टर बैंक ब्याजदर २ दशमलव ८८ प्रतिशत रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend