२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

शेयर बजारमा उछाल,  ५८.५८ अंकले बढ्यो नेप्से परिसूचक 


सञ्चार डबली
  • मंगलबार, फागुन २९ २०८०
  • 8.8K
    SHARES

  • images
    शेयर बजारमा उछाल,  ५८.५८ अंकले बढ्यो नेप्से परिसूचक 


    काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५८ दशलमव ५८ अंकले बढेर २,१११ दशमलव २४ को विन्दुमा कायम भएको छ । आज सबै उपसूचक बढेका छन् । आज सबैभन्दा धेरै जीवन बीमा उपसूचक, निर्जीवन बीमा उपसूचक र माइक्रोफाइनान्स उपसूचक सर्वाधिक बढेको हो ।

    आज २२० कम्पनीको शेयर मुल्य बढेको छ भने २२ वटा कम्पनीको मात्रै शेयर मुल्य घटेको छ । आज ३०५ कम्पनीको १ करोड ६ लाख ९ हजार ५९७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५५ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३७ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको २४ करोड ९ लाख रुपैयााको शेयर कारोबार भएको छ । सन नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड ५२ लाख रुपैयााको शेयर कारोबार भएको छ । हिमालयन रिइनस्योरेन्सको १५ करोड ७१ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै पाँच कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यी ५ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । जनउत्थान सामुदायिक लघुवित्त, उन्नती सहकार्य लघुवित्त, विन नेपाल लघुवित्त, स्वाभिमान लघुवित्त र जाल्पा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend