२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

 आज ८ अर्ब आन्तरिक ऋण उठाउँदै नेपाल सरकार


सञ्चार डबली
  • मंगलबार, फागुन २९ २०८०
  • 9.2K
    SHARES

  • images
     आज ८ अर्ब आन्तरिक ऋण उठाउँदै नेपाल सरकार


    काठमाडौं । आज नेपाल सरकारले ८ अर्ब आन्तरिक ऋण उठाउने भएको छ। आन्तरिक ऋण उठाउनको लागि सरकारले नेपाल राष्ट्र बैंकमार्फत विकास ऋणपत्र जारी गर्दै छ। उक्त ऋणपत्रका लागि आज फागुन २९ गते दिउँसो ३ बजे बोलकबोल हुने भएको छ। यसको निष्कासन मिति भने फागुन ३० गते तोकिएको छ।केन्द्रीय बैंकले ८ अर्ब रुपैयाँको ८ वर्ष अवधि भएको विकास ऋणपत्र २०८८ ‘झ’ जारी गर्न लागेको हो ।

    इच्छुक खरिदकर्ताले प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रूपमा सहभागी हुन सकिने सूचनामा उल्लेख  गरिएको छ । प्रतिस्पर्धी र अ प्रतिस्पर्धीलाई क्रमशः ८५ प्रतिशत र १५ प्रतिशत छुट्टाइएको छ। बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठुलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ‘कट अफ’ ब्याजदरलाई एकल ब्याजदर कायम गरी हुने राष्ट्र बैंकले जनाएको छ।

     ऋणपत्रमा घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा बोलकबोल पेश गर्नुपर्नेछ। ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रूपमा मात्र भाग लिन सक्नेछन् । 

     ऋणपत्रको भुक्तानी अर्धवार्षिक रूपमा हुने र ब्याजमा कर पनि लाग्ने बैंकले जनाएको छ । यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले पनि खरिद गर्ने सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend