२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

गरिमा विकास बैंक लि.द्वारा ब्लु डायमण्ड सोसाईटीमा वित्तीय जागरण कार्यक्रम सम्पन्न


सञ्चार डबली
  • आइतबार, फागुन २७ २०८०
  • 6.0K
    SHARES

  • images
    गरिमा विकास बैंक लि.द्वारा ब्लु डायमण्ड सोसाईटीमा वित्तीय जागरण कार्यक्रम सम्पन्न

    आइतवार, फाल्गुण २७ २०८०
    काठमाण्डौं - “वित्तीय जागरण, आजको आवश्यकता”लाई मूल नारा बनाई यस गरिमा विकास बैंक लि.द्वारा ब्लु डायमण्ड सोसाईटीका LGBTQ समूहलाई वित्तीय जागरण कार्यक्रम आयोजना गरेको छ । बैंकको चावहिल शाखाद्वारा आयोजित उक्त कार्यक्रममा उपस्थित सहभागीहरूलाई उत्प्रेरणा दिंदै व्यक्तिगत वित्तीय व्यवस्थापन, डिजिटल फ्रड बारे सचेतना, विभिन्न प्रकारका बचत, कर्जाहरु तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य विभिन्न सेवाहरुको बिषयमा वित्तीय शिक्षा प्रदान गरिएको हो ।

    कार्यक्रममा ब्लु डायमण्ड सोसाईटीको तर्फबाट अध्यक्ष शितल पिंकी गुरुङको उपस्थिति रहेको थियो भने गरिमा विकास बैंक लि को तर्फबाट जोखिम व्यवस्थापन विभाग प्रमुख दिपक राज भण्डारी, लाजिम्पाट क्षेत्रीय कार्यालय प्रमुख रमेश रिजाल, चावहिल शाखा प्रमुख ईक्षा भण्डारी र अन्य कर्मचारीहरूको उपस्थिती रहेको थियो । ब्लु डायमण्ड सोसाईटीको तर्फबाट कार्यक्रममा उपस्थित सहभागीहरूलाई यस कार्यक्रमले वित्तीय ज्ञान प्रदान गर्ने र आत्मनिर्भर बन्न सघाउ भई समग्र अर्थतन्त्रलाई नै सकरात्मक प्रभाव पार्ने बैंकले विश्वास लिएको छ ।

    काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडको काठमाण्डौं उपत्यका भित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा ATM मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend