२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

चालु आर्थिक वर्षको ७ महिनामा भित्रियो ८ खर्ब ३९ अर्ब रेमिट्यान्स


सञ्चार डबली
  • आइतबार, फागुन २७ २०८०
  • 8.3K
    SHARES

  • images
    चालु आर्थिक वर्षको ७ महिनामा भित्रियो ८ खर्ब ३९ अर्ब रेमिट्यान्स

     

     

    काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा ८ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको ७ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा २१.६ प्रतिशतले रेमिट्यान्स वृद्धि भई ८ खर्ब ३९ अर्ब भित्रिएको हो । माघ महिनामा भने १ खर्ब ६ अर्ब रुपैयाँ भित्रिएको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २७.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १९.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६।४ प्रतिशतले बढेको थियो ।

    राष्ट्र बैंकअनुसार वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ४७ हजार १२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ५८ हजार ५४० रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख १४ हजार ७६७ र १ लाख ६७ हजार ७०८ रहेको थियो ।

    सात महिनामा खुद ट्रान्सफर २०.० प्रतिशतले वृद्धि भई ९ खर्ब १० अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २५.२ प्रतिशतले बढेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend