२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

युनाइटेड मोदी हाइड्रोपावरले बोलायो एजीएम, यस्ता छन् मुख्य एजेण्डा


सञ्चार डबली
  • आइतबार, फागुन २७ २०८०
  • 9.4K
    SHARES

  • images
    युनाइटेड मोदी हाइड्रोपावरले बोलायो एजीएम, यस्ता छन् मुख्य एजेण्डा


    काठमाडौं । आगामी चैत २९ गतेका लागि युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेका छ । सभा, कालिमाटी ब्यांकेट, कालीमाटीमा बिहान ११ बजे सुरु हुनेछ।

    कम्पनीले यस पटक लाभांश सम्बन्धी कुनै प्रस्ताव अघि सारेको छैन। तर, हाल कायम चुक्ता पुँजीमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव भने पेश गर्नेछ। सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुने जनाएको छ। 

    यस्तै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखा परीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहने कम्पनीको जानकारी छ । साधारण सभा प्रयोजनका लागि यस कम्पनीले चैत ७ गते बुक क्लोज गर्ने भएको छ। तसर्थ, चैत ६ गतेसम्म कायम  रहने शेयर धनी मात्र सभामा भाग लिन पाउने छन्। हाल यस हाइड्रोपावरको चुक्ता पुँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँ रहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend