२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

महिला लघुवित्तको साधारण सभा आज बस्दै, यस्ता छन् मुख्य एजेण्डा


सञ्चार डबली
  • आइतबार, फागुन २७ २०८०
  • 9.1K
    SHARES

  • images
    महिला लघुवित्तको साधारण सभा आज बस्दै, यस्ता छन् मुख्य एजेण्डा


    काठमाडौं ।  महिला लघुवित्तको वार्षिक साधारण सभा आज बिहान ११ बजे बस्दैछ ।सभा हिमालय दृश्य रिसोर्ट धुलिखेलमा सुरु हुनेछ । आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । 

    आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।सभा प्रयोजनार्थ कम्पनीले फागुन १५ गते बुक क्लोज गरिसकेको छ । फागनु १४ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।

    कम्पनीले यस वर्ष लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव गरेको छैन । सभाले संस्थापक सेयरधनीबाट ४ जना सञ्चालक निवार्चन गर्नेछ  ।सभामा अन्य लघुवित्त संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend