२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजको मौसम: कोशी, बागमती र गण्डकीमा हिमपातको सम्भावना


सञ्चार डबली
  • शनिबार, फागुन २६ २०८०
  • 7.6K
    SHARES

  • images
    आजको मौसम: कोशी, बागमती र गण्डकीमा हिमपातको सम्भावना

    २६ फाल्गुन २०८०, शनिबार

    काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ ।

    आज दिउँसो कोशी, बागमती तथा गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहने छ ।कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    आज राति कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफ रहने छ ।

    आज सूर्योदय बिहान ६ बजेर २० मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ९ मिनेटमा हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend