२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

सहकारीको ऋण नतिर्नेको खाता र सम्पत्ति रोक्का गर्ने मन्त्रालयको चेतावनी


सञ्चार डबली
  • शुक्रबार, फागुन २५ २०८०
  • 6.8K
    SHARES

  • images
    सहकारीको ऋण नतिर्नेको खाता र सम्पत्ति रोक्का गर्ने मन्त्रालयको चेतावनी

    काठमाडौ, २५ फागुन ।  बागमती प्रदेशको संस्कृत, पर्यटन तथा सहकारी मन्त्रालयले सहकारी संस्थाबाट लिएको ऋण चुक्ता गर्न आह्वान गरेको छ ।

    शुक्रबार मन्त्रालयले एक सूचना प्रकाशित गर्दै ऋणीहरुले तोकिएको समयभित्र ऋणको साँवा तथा व्याज चुक्ता नगर्दा सदस्यहरुको बचत फिर्ता गर्न नसकेको भन्दै सहकारीबाट लिएको ऋण तिर्न आह्वान गरेको हो ।

    सम्झौता वा सर्त बमोजिम लिएको ऋणको साँवा र ब्याज सम्बन्धित सहकारी संस्थामा समयमा नै भुक्तान नगरे सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने मन्त्रालयले जनाएको छ ।

    ‘सहकारी संस्थाबाट सदस्यहरुको बचत रकम नै कर्जाको रुपमा प्रवाह हुने र ऋणी सदस्यहरुले समयमा नै आफूले भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज विभिन्न बहानाबाजी एवम् केही पक्षको सहकारी संस्थाको ऋण तिर्नु नपर्ने भन्ने जस्ता भ्रामक र गैरजिम्मेवारीपूर्ण अभिव्याक्तिको आधारमा ऋण चुक्ता नगर्ने परिपाटीले सदस्यहरुको बचत फिर्ता गर्न असहज परिस्थिति सृजना भएको भन्ने गुनासो प्राप्त भएको छ,’ सूचनामा भनिएको छ ।

    ऋणी सदस्यहरुको खाता, जायजेथाको स्वामित्व हस्तान्तरण, नामसारी वा बिक्री गर्न नपाउने गरी रोक्का राख्न सम्बन्धित निकायमा लेखी पठाउन सकिने व्यवस्था ऐनमा रहेको छ ।

    sahakari_bagmati-province.jpg

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend