२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

चैत ९ गते बस्दै शिखर इन्स्योरेन्सको साधारण सभा


सञ्चार डबली
  • शुक्रबार, फागुन २५ २०८०
  • 9.6K
    SHARES

  • images
    चैत ९ गते बस्दै शिखर इन्स्योरेन्सको साधारण सभा


    काठमाडौं । शिखर इन्स्योरेन्सले लभांश प्रस्तावबिना नै वार्षिक साधारण सभा बोलाएको छ । जसअनुरुप लगानीकर्ताहरुको हात भने खाली हुनेछ ।यसअघि नै सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सभा चैत ९ गते बिहान ११ बजे शिखर इन्स्योरेन्सको केन्द्रीय कार्यालय शिखर विज सेन्टरमा सुरु हुनेछ ।

     सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । साथै, साधारण सभाले संस्थापकतर्फ ३ जना र सर्वसाधारण १ जना सञ्चालक निवार्चन गर्नेछ ।

     सभा प्रयोजनका लागि कम्पनीले फागुन २७ गते बुक क्लोज गरिसकेको छ । फागुन २४ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउँनेछन् । आज फागुन २५ शुक्रबार एव महाशिवरात्रि तथा २६ गते शनिबार भएकाले सेयर कारोबार हुँदैन । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend