२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

 आज बाँडफाँट हुँदै सर्वोत्तम सिमेन्टको आइपीओ


सञ्चार डबली
  • शुक्रबार, फागुन २५ २०८०
  • 9.3K
    SHARES

  • images
     आज बाँडफाँट हुँदै सर्वोत्तम सिमेन्टको आइपीओ
     

    काठमाडौं । सर्वोत्तम सिमेन्टको आइपीओ आज बाँडफाँट हुँदैछ ।  सर्वोत्तमको आइपीओ हात पार्न भाग्यकै भर गर्नुपर्छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आज बिहान १० बजे नक्साल, काठमाडौंमा आइपीओ बाँडफाँट तयारी गरिएको हो ।

     यसमा मागभन्दा १९.३२ गुणा बढी आवेदनले गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा आवेदकले १० लाख १२ हजार ३८४ जनाले कुल ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ताका लागि आवेदन दिएका छन् ।

     जसमा ५५ हजार ५२१ जनाले मात्र सेयर हात पार्नछन् भने आवेदन दिएका बाँकी साढे ९ लाख जनाको भने हात खाली हुनेछ । सर्वोत्तमले पहिलो पटक बुक बिल्डिङमार्फत सर्वसाधारणलाई फागुन १३ गतेदेखि १६ गतेसम्म कुल २७ लाख ७६ हजार ७६ कित्ता आइपीओ निष्कासन गरेको थियो ।

     कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँट गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको थियो ।

     सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता ३६०.९० रुपैयाँ भाउमा आइपीओ जारी गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend