२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

५० अर्ब रुपैयाँ बजारबाट तान्दै नेपाल राष्ट्र बैंक


सञ्चार डबली
  • बिहीबार , फागुन २४ २०८०
  • 9.7K
    SHARES

  • images
    ५० अर्ब रुपैयाँ बजारबाट तान्दै नेपाल राष्ट्र बैंक


    काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट निक्षेप संकलन उपकरणमार्फत थप ५० अर्ब रुपैयाँ तान्ने भएको छ ।राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ ।
     
    उक्त निक्षेप संकलन उपकरणको बोलकबोल आजै हुने केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् ५० अर्ब रुपैयाँ तान्ने भएकोले इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।

     यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ ।बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । केन्द्रिय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो ।साँवा र ब्याज भुक्तानी मिति चैत ८ गते निर्धारण भएको छ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend