२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

झापाको दमकमा खुल्यो भाटभटेनी सुपर मार्केटको २७ औं आउटलेट 


सञ्चार डबली
  • बिहीबार , फागुन २४ २०८०
  • 12.2K
    SHARES

  • images
    झापाको दमकमा खुल्यो भाटभटेनी सुपर मार्केटको २७ औं आउटलेट 


    काठमाडौं । झापाको दमकमा  देशको अग्रणी रिटेल चेन भाटभटेनी सुपरमार्केटको २७औं आउटलेट खुलेको छ । कम्पनीले यहीफागुन २३ गते दमकमा भाटभटेनी सुपरमार्केट उद्घाटन गरेकोहो ।

    सुविधाजनक सुपरमार्केटमा किनमेल गर्ने दमकवासीको चाहनालाई सम्मानगर्दै भाटभटेनी समूहले आफ्नो सेवाविस्तार गरेको हो । उद्घाटनका दिन हरेक सामानमाविशेष छुट दिइएको छ । ‘ग्राहकको सन्तुष्टि हाम्रो लक्ष्य’ नाराका साथ अघि बढेको भाटभटेनी सुपरमार्केट देशभरका ग्राहकले रुचाएको किनमेल गन्तव्यमा पर्छ । भाटभटेनीमा घरासयीआवश्यकताका सबै सामान पाइन्छन् ।

    संघीय राजधानी रहेको काठमाडौं उपत्यकामादर्जनभन्दा बढी सुपरमार्केट सञ्चालनगरिरहेको भाटभटेनीका सुपरमार्केटहरु देशका सबैजसो प्रमुख सहरहरुमाखुलिसकेका छन् । सन् १९८४ मा काठमाडौंको भाटभटेनीमाकरिब १२० वर्गफिटको एउटा सटरमा सीमित कोल्डस्टोरबाट खोटाङमा जन्मनुभएकामिनबहादुर गुरुङले शुरु गर्नुभएको भाटभटेनीयतिबेला रिटेल सेक्टरको सबैभन्दा ठूलो करदाताको रुपमाउभिएको छ । करिब पाँचहजारजना पूर्णकालीनकर्मचारी रहेको भाटभटेनी सुपरमार्केटमा दैनिक ८ करोड रुपैयाँहाराहारीको कारोबार हुन्छ । देशभरका भाटभटेनी सुपरमार्केटमा दैनिक सवालाखजतिग्राहक पुग्छन् ।

    नेपालमा डिपार्टमेन्टल स्टोर संस्कृतिको विकासमा समेत अग्रणी योगदान रहेको भाटभटेनी सुपरमार्केटमा ताजा तरकारी र फलफूलदेखि विश्वविख्यात ब्रान्डसमेतका गरी एक लाख ५० हजार थरी वस्तु पाइन्छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend