२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

 बोनस शेयर तथा नगद लाभांश वितरण गर्दै नेशनल लाईफ इन्स्योरेन्स


सञ्चार डबली
  • बिहीबार , फागुन २४ २०८०
  • 9.9K
    SHARES

  • images
     बोनस शेयर तथा नगद लाभांश वितरण गर्दै नेशनल लाईफ इन्स्योरेन्स


    काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीहरुलाई बोनस शेयर तथा नगद लाभांश वितरण गर्ने भएको छ।कम्पनीले आफ्नो ३७ औं वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०७८÷०७९ को मुनाफावाट कम्पनीले शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर तथा ६.५ प्रतिशत नगद लाभांश र बोनस शेयरमा कर प्रयोजनको लागि थप नगद लाभांश दिने निर्णय पारित गरेको हो।

    कम्पनीले वार्षिकोत्सवको अवसरमा वभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको हो। कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाण्डौंमा विशेष रक्तदान कार्यक्रम संचालन गरिएको र जसमा ५० भन्दा बढी कम्पनीका कर्मचारीहरुको सहभागिता रहेको थियो।

    देशभरमा ५३ वटा बाल र बृद्ध आश्रमहरुमा खाना खुवाउने कार्यक्रम आयोजना गरिएको थियो। अपाङ्गता संरक्षण नेपालको सहायतामा १२३ जना दृष्टि विहिन व्यक्तिहरुलाई सेतो छडि वितरण पनि गरिएको हो।  कम्पनीले विगत वर्ष सरह चालु आर्थिक वर्षमा पनि राम्रो ब्यवसायिक प्रगति गरेको जनाएको छ ।  कम्पनीको जीवन बीमा कोषमा रु.७१ अरबको हाराहरीमा रकम जम्मा भएको छ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend