२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

आइसिएफसि फाइनान्सले वितरण गर्यो नगद लाभांश 


सञ्चार डबली
  • बुधबार, फागुन २३ २०८०
  • 9.5K
    SHARES

  • images
    आइसिएफसि फाइनान्सले वितरण गर्यो नगद लाभांश 


    काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले यस वर्षको ६ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले गत पुस २९ गते सम्पन्न २०औं वार्षिक साधारण सभाले उक्त नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो । 

    साधारण सभा सम्पन्न भएको दिनदेखिनै कम्पनीले सम्बन्धित शेयरधनीहरूले हितग्राही खातामा उल्लेखित बैंक खातामै नगद लाभांश वितरण गरेको हो । हालसम्म पनि बैंक खाता नम्बर अद्यावधिक नगराएका सदस्यहरूलाई यथासिघ्र अद्यावधि गराई नगद लाभांश प्राप्त गर्न पनि कम्पनीले आग्रह गरेको हो ।

    पुस १२ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरूले नगद लाभांश सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेृटर प्राप्त भएपछि मात्र बैंक खातामा जम्मा गरिने कम्पनीको भनाई छ । सो मितिपश्चात् कर्जा चुक्ता भुक्तानी गर्नु भएका शेयरधनीहरूको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको फुकुवा पत्र प्राप्त भएपछि मात्र नगद लाभांश जम्मा गरिने जानकारी कम्पनीले दिएको छ ।

    कम्पनीले गत वर्षको भन्दा यस वर्ष कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको नगद लाभांश प्राप्त गरेका छन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend