२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

 बढ्यो सुनको मुल्य, कति पुग्यो तोलाको ?  


सञ्चार डबली
  • मंगलबार, फागुन २२ २०८०
  • 9.5K
    SHARES

  • images
     बढ्यो सुनको मुल्य, कति पुग्यो तोलाको ?  


    काठमाडौं । तेस्रो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्यमा ह्वात्तै बढेर आएको छ । आज सुनको तोलामै दुई हजार रुपैयाँँले मूल्य वृद्धि भएको हो । यो सँगै एकै सातामा सुनको मूल्य दुई पटक दुई हजार रुपैयाँले वृद्धि भएको छ । आइतबार एकैदिन प्रतितोला दुई हजार रूपैयाँले बढेको सुनको मूल्य सोमबार स्थिर रहेको हो। 

    नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको मूल्य वृद्धि नगर्दा सोमबार आइतबारकै मूल्यमा छापावाल सुन प्रतितोला एक लाख २१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २० हजार चार सय रूपैयाँमा कारोबार भएको थियो ।तर,महासंघले मंगलबार फेरी सुनको भाउ दुई हजार रुपैयाँले बढाएको छ । 

    आज छापावाल सुन प्रतितोला एक लाख २३ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला २ हजार रुपैयाँले बढाएर एक लाख २२ हजार चार सय रूपैयाँमा कारोबार भैरहेको महासंले जनाएको छ । त्यसैगरी, सोमबार स्थिर रहेको चाँदीको मूल्य एकैदिन ३५ रुपैयाँले बढाएर आज प्रतितोला १४ सय ४५ रूपैयाँ पुगेको छ । 
    आइतबार चाँदी प्रतितोला १४ सय १० रूपैयाँमा कारोबार भएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend