२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

 नेशनल लघुवित्तले बोलायो साधारण सभा, के–के छन् एजेण्डा ? 


सञ्चार डबली
  • आइतबार, फागुन २० २०८०
  • 8.4K
    SHARES

  • images
     नेशनल लघुवित्तले बोलायो साधारण सभा, के–के छन् एजेण्डा ? 


    काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव र एफपीओ निष्काशनको प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।लघुवित्तले चैत १६ गते, शुक्रबार, धुलिखेल लज रिसोर्ट, धुलिखेल, काभ्रेपलाञ्चोकमा दशौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान साढे १० बजे शुरु हुनेछ।

    सभाले गत आर्थिक वर्षको ७.५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ८ करोड १३ लाख १५ हजार ४६६ रुपैयाँ ४६ पैसा नगद लाभांश वितरण गर्ने र ६ लाख ६९ हजार ९००.२७ कित्ता एफपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

    त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना तथा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले फागुन ३० गतेदेखि चैत १६ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार फागुन २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend