२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बोलायो एजीएम, यस्ता छन् मुख्य एजेण्डा


सञ्चार डबली
  • आइतबार, फागुन २० २०८०
  • 9.7K
    SHARES

  • images
    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बोलायो एजीएम, यस्ता छन् मुख्य एजेण्डा


    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साधारण सभा बस्ने भएको छ। सभा चैत २० गते बिहान १० बजेदेखि नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा सुरु हुनेछ। बैंकले यो वर्ष लाभांश प्रस्ताव नगरी एजीएम बोलाएको हो। 

    सभा प्रयोजनार्थ बैंकले फागुन २४ गतेदेखि चैत २० गतेसम्म बुक क्लोज गर्ने भएको छ। तसर्थ फागुन २३ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन्।सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतमा पनि छलफल हुनेछ। साथै, साधारण सभाले संस्थापकतर्फ ४ जना र सर्वसाधारण २ जना सञ्चालक निवार्चन गर्नेछ। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend