२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजको मौसम : सुदूरपश्चिम र गण्डकी प्रदेशमा मध्यम वर्षा, काठमाडौंमा साँझदेखि वर्षा सुरु हुने


सञ्चार डबली
  • शनिबार, फागुन १९ २०८०
  • 12.2K
    SHARES

  • images
    आजको मौसम : सुदूरपश्चिम र गण्डकी प्रदेशमा मध्यम वर्षा, काठमाडौंमा साँझदेखि वर्षा सुरु हुने

    शनिबार, फागुन १९, २०८०
    काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण देशका केही भू–भागमा आज वर्षा हुनेछ । हिजोबाट पश्चिमी न्यूनचापीय प्रणाली पुनः सक्रिय भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ । वाग्मती तथा कोसी प्रदेशका पहाडी भू–भागमा आंशिक र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

    विभागले दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणतया बदली रहने जनाएको छ । वाग्मती तथा कोसी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । 

    सुदूरपश्चिम र कर्णाली प्रदेशसहित गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । लुम्बिनी प्रदेशका थोरै स्थानमा र देशका बाँकी पहाडी भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । 

    “काठमाडौंमा बिहानैबाट मौसम बदली सुरु भएको छ । आज दिनभर बदली भइरहन्छ । तर काठमाडौंमा “साँझ ६र७ बजेबाट भने काठमाडौंमा छिटपुट वर्षा हुनसक्छ । आज राति र भोलि भने काठमाडौंमा वर्षा हुनेछ ।”     

    विभागका अनुसार राति देशभर साधारणतया बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थानमा तथा लुम्बिनी प्रदेशसहित वाग्मती प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend