२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

यस्तो रहेको छ तरकारी तथा फलफूलको मूल्य


सञ्चार डबली
  • बिहीबार , फागुन १७ २०८०
  • 8.6K
    SHARES

  • images
    यस्तो रहेको छ तरकारी तथा फलफूलको मूल्य


    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहिबार लागि तरकारी तथा फलफुलको मुल्य सार्वजनिक गरेको छ । जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १२०, कालो अंगुर १८०, केरा १२० रुपैयाँ दर्जन, अनार २८०, अम्बा १५०, नेपाली सुन्तला १५० र स्ट्रबेरी भुईऐसेलु २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

    समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५०, भारतीय ठूले गोलभेडा ६०, अदुवा २००, रातो आलु ३२ र रातो भारतिय आलु ३४ रूपैयामा कारोबार हुदाँ स्थानीय काउली ३०, लौका ६०, कागती २४०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी १३० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

    लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ३० रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा २५, लोकल सेतो मूला २५ र रातो मूला ५० रुपैयाँमा कारोबार हुदाँ लोकल घिउ सिमी १५० रुपैयाँ, राजमा घिउ सिमी ११० रुपैयाँ र टाटे सिमी १०० रुपैयाँ, हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी ५० रूपैयामा खरिदबिक्र हुदैछ भने तोरीको साग ३० र रायोको साग ४० रुपैयाँमा खरिदबिक्री हुँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग ५० रुपैयाँमा खरिदबिक्री भइरहँदा उता जिरीको साग ६० रुपैयाँमा कारोबार हुनेछ ।

    गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ८५, हरियो प्याज ७० र पुदीना ३५० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ४०, चाइनिज सुकेको लसुन २४०, हरियो लसुन १३० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ७०, भिण्डी ११० र हरियो धनिया ६० रुपैयाँ पाइने समितले जनाएको छ । उता, ताजा छडी माछा २४० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २६०, रहु माछा ३४० र मंगुरी माछा ३५० रुपैयाँमा किनबेच भइरहेको छ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend